पुनरावेदन बारमा नयाँ पदाधिकारीको पदस्थापन

पोखरा, ३० असार –

पुनरावेदन अदालत वार एशोसिएसन पोखराका नवनिर्वाचित पदाधिकारीको पदस्थापन भएको छ । पुनरावेदन अदालतका मुख्य न्यायाधीश डम्बरबहादुर शाहीको प्रमुख आतिथ्यता एवं वारका केन्द्रीय अध्यक्ष शेरबहादुर केसीलगायतको उपस्थितिमा दयाराम गौतम नेतृत्वको पदाधिकारीलाई निर्वाचन समितिले पदस्थापन गराएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

समारोहमा अध्यक्ष गौतमसहित उपाध्यक्ष दीपक बास्तोला, सचिव शिवराज वाग्ले, कोषाध्यक्ष प्रभास पराजुली, सहसचिव कृष्णकुमारी गुरुङ, सदस्यहरु प्रकाश मिश्र, राजेन्द्रमान श्रेष्ठ, हरिबहादुर भुजेल, भानुभक्त शर्मा कँडेल, वीनिता नेपाली, विमला खत्री, भुवानीप्रसाद बराल र केशवरमण पराजुलीलाई पदस्थापन गराउँदै अविर, मालासहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

निर्वाचनमा आफूसँग सहमति नगरी डिएलएले एकपक्षीय उम्मेदवारी घोषणा गरेको भन्दै एमाले निकटको पिपिएलए र माओवादी निकटको आरपिएलसँग आबद्ध कानुन व्यवसायीले मनोनयन दर्ता नगरी निर्वाचन बहिष्कार भएको घोषणा गरेका थिए । २०३१ मा स्थापित वारमा अहिलेको कार्यसमिति २६ आंै हो । नवनिर्वाचित अध्यक्ष गौतमले वार सबैको हो भन्दै आगामी दिनमा कानुन व्यवसायीको हकहितको पक्षमा अघि बढ्ने र तालिमका कार्यक्रम ल्याउने उल्लेख गरे ।

प्रमुख अतिथि पुनरावेदन अदालतका मुख्य न्यायाधीश डम्बरबहादुर शाहीले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिँदै वार र बेञ्चबीच सम्बन्ध सुमधुर हुनुपर्ने उल्लेख गरे । उनले न्यायाधीशहरुको समस्या पनि वारले मुखरित गरिदिनुपर्ने बताए ।वारका केन्द्रीय अध्यक्ष शेरबहादुरले केसीले नयाँ संविधानमा कतिपय कुरा अस्पष्ट र अधुरो रहेको चर्चा गर्दै समेट्दै जानुपर्ने बताए । उनले नयाँ पदाधिकारीलाई शुभकामना दिँदै कानुन व्यवसायीको मुद्दा समाधानका लागि सहकार्य गर्दै जाने बताए ।

वारका केन्द्रीय महासचिव खम्बहादुर खातीले वकिलबीचमा अंशवण्डा गर्नुपर्ने अवस्था नभएकोले मिलेरसँगै जानुपर्ने सुझाव दिए । उनले वकिलको पेसागत हकहित, तालिम, बृत्ति विकासका लागि वारले नयाँ कार्यक्रम ल्याउने बताए ।

समारोहमा डिएलए अध्यक्ष भरत खरेल, डिएलएका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडेल, पुनरावेदनका सहन्यायाधीवक्रा गणेशबाबु अर्याल, पुनरावेदन वारका पूर्वअध्यक्ष रामचन्द्र त्रिपाठी, अधिवक्ता तिलक पराजुली, जिल्ला वारका सचिव वीरेन्द्र बास्तोला, वारका निवर्तमान अध्यक्ष खगेन्द्रराज पराजुली लगायतले मन्तव्य व्यक्त गर्दै नयाँ कार्यसमितिलाई शुभकामना दिए ।

निर्वाचन समिति संयोजक फणिन्द्रराज कोइरालाको अध्यक्षतामा भएको समारोहमा सदस्य दीपकराज पौडेलले संचालन र वारका निवर्तमान उपाध्यक्ष बलराम तिमिल्सिनाले स्वागत गरेका थिए । असन्तुष्ट २ संगठनले पदस्थापन समारोहलगायत कार्यक्रम बहिष्कार गरे पनि वार भवन खचाखच थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button