पोखरामा विद्यार्थीको जुलुस “हामीलाई केपि ओलि चाहिन्छ, भारतीय हस्तक्षेप, प्रचण्ड गठवन्धन मुर्दावाद”

पोखरा, ३१ असार – 

नेपालको राजनीतिमा भारतीय हस्तक्षेप भएको भन्दै पोखरामा आज बिहान विद्यार्थी तथा स्वतन्त्र रुपमा जम्मा भएका युवाहरुले भारतीय हस्क्षेपको विरुद्ध नारावाजि गर्दै प्रधानमन्त्री केपि ओलिको स्थायित्वको माग गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सामाजिक सञ्जालसंग जोडिएका क्रियासिल विद्यार्थीहरुले “युवाको लागि प्रधानमन्त्री केपि ओलि चाहिन्छ, हामीलाई केपि ओलि देउ, भारतीय हस्तक्षेप मुर्दावाद, प्रचण्ड को अपवित्र गठवन्धन चाहिन्न” लगायतका नारा लगाएका थिए । पोखरा बगरबाट नारा लगाउँदै उनिहरुले जिल्ला प्रहरी कार्यालय गैह्रापाटन हुँदै शहरका विभिन्न भाग परिक्रममा गरेका थिए ।

pm kp oli 2

राष्ट्रिय एकतामा रहनुपर्ने, सार्वभौम राष्ट्रमा विदेशी हस्तक्षेप मान्य नहुने, सरकार परिवर्तन को बेला भारतीय नेताहरुका विभिन्न तवरका बोलिहरु आउने गरेकोमा त्यो स्वाधिन राष्ट्र नेपालको लागि सह्य नहुने भन्दै राष्ट्रियताको पक्षमा नारा लगाएका थिए ।

kp oli 3

स्वतन्त्र रुपमा निस्किएको भनिएको र्यायिमा अनेरास्ववियूका कार्यकर्ता तथा अन्य विद्यार्थीहरु पनि सहभागि भएको अनेरास्ववियूका नेता शेखर गौतमले बताउनु भयो । तर नाराजुलुसमा हाम्रा विद्यार्थी भएपनि संगठनको नेतृत्व नभई स्वतःस्फुर्त रुपमा उनिहरु केपि ओलिको स्थायित्वमा पक्षमा नाराजुलुसमा निस्केको बताउनु भयो ।

नाराजुलुसमा सहभागि भएका युवाले प्रम केपि ओलिको फोटो छापिएको सेतो टीसर्ट लगाएका थिए । उनिहरुले यो कार्य अब अभियानको रुपा अघि वढेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button