नदीले बगाएर किशोरी बेपत्ता

  • पोखरा न्यूज
  • २०७३ अषाढ ३१
नदीले बगाएर किशोरी बेपत्ता

तनहुँ, ३१ असार –

सेतीमादी नदीले बगाउँदा तनहुँमा शुक्रबार एक किशोरी बेपत्ता भएकी छिन् ।

बेपत्ता हुनेमा भिरकोट गाविस वडा नं २ घर भई हाल व्यासनगरपालिका वडा नं १० बीसघरेमा बस्दै आएकी १८ वर्षीया हरिमाया विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बीसघरे र काहँुशिवपुर गाविस–१ झापुटार जोड्ने झोलुङ्गे पुलमुनि सेतीमादी नदीले बगाएर ल्याएरको दाउरा निकाल्ने क्रममा विक बेपत्ता भएकी हुन् ।

घटना भएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोलीले नदी किनार आसपासमा खोजी कार्य तीव्र पारेका छन् । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस