डा केसीको स्वास्थ्यबारे संवेदनशीलन हुन आयोगको आग्रह

काठमाडौँ, ३१ असार –

राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गरी स्वास्थ्य उपचारमा संवेदनशील हुन सरकारसँग आग्रह गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्ज परिसरमा समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग राखी असार २६ गतेदेखि आमरण अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि आयोगले प्रेस विज्ञप्तिमार्फत सो आग्रह गरेको हो ।

आयोगले डा केसीको स्वास्थ्य उपचारको व्यवस्था गर्नका लागि त्रिविवि, शिक्षण अस्पताल, महाराजगन्ज, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयसमेतलाई पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी विज्ञप्तिमा विरोधको स्वरुप जस्तोसुकै भए पनि व्यक्तिको स्वास्थ्य उपचार जीवनरक्षासँग जोडिएकाले संवेदनशील भई निजको प्रभावकारी स्वास्थ्य उपचार गर्नु÷गराउनु सम्बन्धित पक्षको महत्वपूर्ण जिम्मेवारी हो भनिएको छ ।

अनुगमनबाट डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन खस्कँदै गएको पाइएकाले स्वास्थ्य उपचार पाउने प्रत्येक नागरिकको अधिकारको सम्मान गरी जीवनरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन आयोग आग्रह गर्दछ – विज्ञप्तिमा उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button