घुससहित अधिकृत पक्राउ

काठमाडौँ, ३१ असार –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै आज पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आयोगको विशेष टोलीले प्राविधिक अधिकृत यादवलाई रु दुई लाख ५० हजार घुस रकमसहित बाँके खजुराबाटै पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार कृषि अनुसन्धान केन्द्र, खजुरा बाँके र कोसेबाली अनुसन्धान केन्द्र खजुरा, बाँकेको हाताभित्र निर्माण हुन लागेको डिप बोरिङ र विद्युत् लाइन विस्तार कार्य सम्पन्न गरी बिल भुक्तानीका लागि निवेदन दिँदा प्राविधिक अधिकृत यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको अनुसन्धान कार्य जारी रहेको आयोगले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button