खोटाङ, ३१ असार –
शिशु हत्या गरेको आरोपमा खोटाङमा एक महिला पक्राउ परेकी छन् । आफैँले जन्माएको शिशु हत्या गरेको आरोपमा आज दिक्तेल नपा–७ की ३६ वर्षीया केसीमाया सार्की पक्राउ परेकी हुन् ।
बुधबार बेलुका घरमै सकुशल जन्मिएको शिशुलाई भोलिपल्ट बेलुका हत्या गरेको स्थानीयले बताएका छन् । श्रीमान् विदेशमा रहेका अवस्थामा परपुरुषसँगको यौन सम्बन्धबाट जन्मिएको शिशुको हत्या गरेको स्थानीयको दाबी छ ।
घरैबाट पक्राउ परेकी सार्कीमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । मृत शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ ।
उनको श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका पारिवारिक स्रोतले जनाएको छ । श्रीमान् विदेशमा रहेकाबेला उनको पेटमा कसको गर्भ रहेको हो भन्नेबारे यकिन हुन सकेको छैन । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution