आशङ्कालाई व्यवहारले मेट्नेछु – सभामुख घर्ती

काठमाडौँ, ३१ असार –

सभामुख ओनसरी घर्तीले परम्परा र अभ्यासका आधारमा अविश्वासको प्रस्ताव बाहेक अब संसद्मा अरु ‘बिजनेस’ अघि नबढाउने निष्कर्षमा पुगेको जानकारी दिनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

व्यवस्थापिका–संसद्को कार्यसूचीमा रहेको आर्थिक विधेयक २०७३ र प्रमुख प्रतिपक्षले प्रधानमन्त्रीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमध्ये कुनलाई पहिलो अघि बढाउने भन्ने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षबीच मत बाझिएसँगै सभामुखले निर्णय लिनुपरेको हो ।

ओनसरी घर्ती 2

प्रस्ताव अघि बढाउने सिलसिलामा विवाद उत्पन्न भएपछि सभामुखको निर्णय नै अन्तिम हुने प्रावधान छ । आजका लागि निर्धारित बैठक स्थगनको सूचनापछि पत्रकारसँग कुराकानी गर्दै सभामुख घर्तीले भन्नुभयो, “सहमतिका लागि प्रयास गरे, सहमति हुन सकेन, दुवै पक्षबीच आआफ्नो अडान कायमै रह्यो, दलसँग परामर्श लिएर यसअघिका अभ्यासका अविश्वासको प्रस्तावबाहेक अरुलाई अघि नबढाउने निष्कर्षमा पुगे ।”

“दलबीच सहमति भएका खण्डमा जुनसुकैलाई अघि बढाउन सकिने भए पनि संसद्मा यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि तुलनात्मक रुपमा अविश्वासको प्रस्तवलाई नै अघि बढाउने अभ्यास र परम्परा देखिएको हँुदा त्यसैको पक्षमा आफू उभिएको हुँ” सभामुखले भन्नुभयो । सभामुखले भन्नुभयो, “पदीय दायित्वअनुसार बराबरीको भूमिका खेलेको छु, अझ केही आशङ्का पैदा भएको होला, भोलि व्यवहारबाट मन जित्नेछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button