माग नसमेटिएसम्म गठबन्धन सरकारमा जाँदैन – यादव

काठमाडौँ, ३१ असार –

सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धनले राखेको २६ बुँदे माग संविधानमा नसमेटिएसम्म तत्काल सरकारमा नजाने बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

स्वायत्त र अधिकारसम्पन्न प्रदेश हुनुपर्ने, सरकारी कामकाजमा बहुभाषी नीति लागू गर्नुपर्ने, जनसङ्ख्याका आधारमा प्रदेशको स्थान सङ्ख्या निर्धारण हुनुपर्ने लगायत माग राखी ३९ दिनसम्म बसेको रिले अनशनको आज समापन गर्दै संयोजक यादवले गठबन्धनले राखेको माग पूरा नभएसम्म आफूहरु सरकारमा नजाने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो आन्दोलनलाई हरेक क्षेत्रको व्यक्तिको समर्थन रहेकाले राज्यले समर्थन गर्नुपर्छ, यो आन्दोलन सम्बोधन नभए मुलुक हिंसातर्फ जान्छ ।”

कार्यक्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु, तराई–मधेस सद्भावना पार्टी नेपालका वरिष्ठ नेता रामनरेश राय लगायतले सरकारले गठबन्धनको माग पूरा नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो । अनशन गत जेठ २५ देखि सुरु भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button