बालमैत्री शैक्षिक सामाग्री वितरण

पोखरा, ३१ असार –

बाल तथा महिला सशक्तीकरण समाज कास्कीले कास्कीका दाङसिङ र ढिकुरपोखरी गाविस्थित प्रारम्भिक बाल बिकास केन्द्र (इसिडी) र बिद्यालयहरुलाई रमाइलो तथा मनोरञ्जन हिसावले पढाउने उद्देश्यसाथ बालमैत्री शैक्षिक सामाग्री प्रदान गरेको छ । २ इसिडी र १२ सामुदायिक बिद्यालयलाई ८ लाख १८ हजार ९ सय ८८ रुपैया“ मूल्य बराबरका सामान शुक्रबार दिएको समाजकी अध्यक्ष सीता भट्टराईले बताइन् ।

उनका अनुसार बालमैत्री अभियान कार्यक्रम अन्तर्गत एक्सन एडको सहयोग र कास्की जिल्ला शिक्षा कार्यालयको सहकार्यमा सामान दिइएको हो । यसअघि बालमैत्री शैक्षिक सामाग्रीको प्रयोग गर्नका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र इसिडी सहजकर्तालाई शुक्रबार नै एकदिने अभिमुखीकरण दिइएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि कास्की शिक्षा कार्यालयका उप जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले बालमैत्री सामानले बालबालिकाले उपलब्धीमुलक सिकाई गर्ने बताए । सामाग्रीको सही सदुपयोग गर्न उनले आग्रह गरे । पोखरा उपमहानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलले कलिला बालबालिकालाई राम्रोसंग सिकाउने वातावरण सामाग्रीले सहयोग पुग्ने बताए । सहभागीले प्राप्त सामाग्रीको सही सदुपयोग गरी बालबालिकाको सिकाईमा गुणस्तरीयता प्रदान गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button