निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण

काठमाडौँ, १ साउन –

ग्रान्डी अन्तराष्ट्रिय अस्पताल मिर्गौला प्रत्यारोषण सेवा विस्तार गरेको छ । काठमाडौँमा निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने ग्राण्डी पहिलो अस्पताल हो।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यहाँ शुक्रबार पत्रकार सम्मलेन गर्दै अस्पतालका डाइरेक्टर डा चक्रराज पाण्डे अस्पतालमा गत सोमबार ३७ वर्षीय रविन लामाको सफल मिर्गौला प्रत्यारोषण गरेको जानकारी दिनुभयो । लामालाई उहाँकी बहिनी उमा लामाले मिर्गौला दान गर्नुभएको थियो । उहाँले प्रत्यारोपणमा नेपालका दक्ष तथा अनुभवी चिकित्सकको टिमले प्रत्यारोपण शल्यक्रिया गरेको बताउनुभयो ।

प्रत्यारोपण शल्यक्रियाको टिमको नेतृत्व प्राडा प्रेमराज ज्ञवालीले गर्नुभएको छ भने मिर्गौला विशेषज्ञ टिमको नेतृत्व प्रा डा दिव्या सिंह शाहले गर्नुभएको छ । पत्रकारसँग कुरा गर्दै वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा शाहले ग्राण्डीमा यो सुविधा हुनु सेवाको विस्तार भएको प्रतिक्रिया दिनुभयो ।

प्रत्यारोपणमा संलग्न अर्का चिकित्सक ज्ञवालीले अब मिर्गौला प्रत्यारोपणको लागि नेपालमै दक्ष जनशक्ति उत्पादन भइसकेको र यहाँ नै सफल मिर्गौला गर्न समक्ष रहेको उल्लेख गर्नुभयो ।

उहाँले टिचिङमा प्रत्यारोपण सुरु भएदेखि हालसम्म ३७७ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको जानकारी दिनुभयो । सरकारी अस्पतालमा प्रत्यारोपणका लागि रु चारदेखि छ लाखसम्म लाग्ने र ग्राण्डीमा सबै प्याकेजसहित रु पाँचदेखि छ लाखसम्म लाग्ने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button