काठमाडौँ, १ साउन –
साझा प्रकाशनले संशोधित कर्मचारी नियमावली बमोजिम माथिल्लो तहका २२ कर्मचारीलाई शुक्रबार अवकाश दिएको छ ।
साझा प्रकाशन कर्मचारी नियमावली २०७३ को विनिमावली दफा ९५९० बमोजिम सञ्चालक समितिले अवकाशको निर्णय गरेको थियो ।
अवकाश पाउने अधिकृत तह प्रथमका बजार प्रमुख धीरेन्द्रराज खनाल, प्रेस शाखा प्रमुख प्रेमबहादुर कार्की, परियोजना प्रमुख तारा चालिसे र प्रशासन प्रमुख दीपक अधिकारीलगायतका कर्मचारीलाई तीन महिनाको तलब एकमुष्ट दिने गरी अवकाश दिएको हो । अवकाश प्राप्त कर्मचारी २० वर्ष सेवा गरिसकेका हुन् । साझामा हाल १९४ दरबन्दी रहेको छ । अधिकृतभन्दा माथिल्लो तहमा २४ दरबन्दी कायम रहेकोमा २२ जनालाई अवकाश दिइएको हो ।
प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कर्मचारीलाई छ महिनादेखि तलब खुवाउन नसकिएको, सरकारसँग यस विषयमा पटकपटक सम्बोधन गर्न माग गरे पनि त्यसतर्फ ध्यान दिन नसक्दा उहाँहरुलाई अवकाश दिन बाध्य भएको बताउनुभयो ।
पहिलो चरणको अवकाशअन्तर्गत २२ जनालाई अवकाश दिइएको र विस्तारै कर्मचारी कटौती प्रक्रियालाई अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।
हाल रु ४० करोड घाटामा रहेको प्रकाशनले आफ्ना विभिन्न कार्यालयमा रहेका जग्गा बिक्री गर्न बिहीबार बोलपत्र आह्वान गरेको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution