अंकारा, १ साउन –
टर्कीमा सत्ता हत्याउने प्रयास विफल भएको राष्ट्रपति एर्डोगान तेयिपले बताएका छन् ।
दुई ठूला सहरहरु इस्तानबुल र अंकारामा गएराति भएको गोलाबारी र विस्फोटका घटनापति विद्रोही सेनाका ७०० भन्दा बढीलाई सरकार समर्थित सेनाले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा २९ जना जर्नेल र पाँच जना जनरल रहेका छन् । सेना र विद्रोहीको गोली लागेर कम्तीमा ६० जना नागरिकको मृत्यु भएको छ ।
टर्कीको टेलिभिजनले इस्तानबुलस्थित बोसफोरस नदीको पुलमा बख्तरबन्द गाडीहरुबाट दर्जनौ सेनाले आत्मसमर्पण गरेको देखाएका छन् । तथापि, राजधानी अंकाराका ठाउँठाउँमा विस्फोट र गोली चलेको आवाज आइरहेको छ ।
राष्ट्रपति एर्डोगानले टर्कीको सत्ता लिएको १३ वर्ष पुग्नै लागेको छ, र यसबीचमा उनको सत्ताविरुद्ध आवाज उठ्न थालेको छ । हाल छुट्टीमा रहेका राष्ट्रपति एर्डोगान रातारात इस्तानबुल फर्किएका थिए, र उनी फर्कदा टर्कीका सडकमा हजारौं समर्थकले उनलाई स्वागत गरेका थिए । यद्यपि राष्ट्रपतिको विरोधमा समेत सहरका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् ।
“यो राष्ट्रद्रोह हो । यो विद्रोहको कार्यमा संलग्नले महंगो मूल्य चुकाउनु पर्नेछ,” राष्ट्रपति एर्डोगानले विमानस्थलमा बताए ।
सरकारले परिस्थितिलाई नियन्त्रणमा लिने उद्देश्यले दुवै सहरका विभिन्न स्थानमा कफ्र्यु लगाएको घोषणा गरेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution