पोखरा, १ साउन –
पोखरा बस व्यवसायी समितिले आजदेखि नगर क्षेत्रमा सुविधासम्पन्न नयाँ मिनी माइक्रोबस सञ्चालनमा ल्याएको छ ।
पुराना ३४ मिनी माइक्रोबस विस्थापन गरी २१ नयाँ मिनी माइक्रोबस सञ्चालनमा ल्याइएको समितिका वरिष्ठ उपाध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिनुभयो । पुराना बस विस्थापन गरेबापत समितिले व्यवसायीलाई रु तीन लाख २५ हजार क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । सैँतिस सिट क्षमताको सो बसको मूल्य रु ३७ लाख ५० हजार पर्ने बताइएको छ । हाल नगर क्षेत्रमा २५१ माइक्रोबस सञ्चालनमा छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution