मैत्रीपुर्ण फुटबलमा खेलकुद पत्रकार विजयी

  • पोखरा न्यूज
  • २०७३ श्रावण १
Post Thumbnail

पोखरा, १ असार –

अभियान युवा क्लव र नेपाल खेलकुद पत्रकार मंच विचको मैत्रीपुर्ण सेभेन ए साइड फुटबल खेलमा खेलकुद पत्रकारले अभियान युवा क्लव संग ४–० गोल अन्तरले जित हात पारेको छ । मंचको जित दर्ता गराउन मंचका कार्य समिति सदस्य सुरज श्रेष्ठले ह्याट्रिक गरेका थिए भने शुसिल नेपालीले एक गोल गरे ।

पोखरा उपमहानगर वडा नं ५ जिरोमा स्थापित अभियान युवा क्लवले आफ्नो स्थापनाको दशौं वर्ष प्रवेशको अवसरमा भेट्रान हरु विच ‘भेट्रानकप’ सेभेन ए साइड फुटबल प्रतियोगिता समेत आयोजना गरेको थियो । भाइचारा तथा सम्वन्ध विकासमा जोड दिंदै भएको प्रतियोगितामा मालेपाटन टोल विकास संस्था, प्रस्याङ्ग युनाइटेड क्लव, पोखरा पिस क्लव र जिरो किमी क्लवहरुको सहभगिता रहेको थियो । सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन खेल मैदानमा भएको फाइनल प्रस्याङ्ग युनाइटेडले मालेपाटन टोल विकास लाई १–० ले पराजित गर्दै प्रथम भएको थियो । टिमका लागि एक मात्र गोल अनिल पराजुलीले गरेकाथिए ।

प्रतियोगितामा विजयी खेलाडी तथा टिमलाई सशस्त्रप्र हरी बल कालिका गणका गणपती प्रहरी उपरिक्षक फणिन्द्र राजपौडेल, रिजनल हस्पिटल जिरो किमीका निर्देशक यज्ञ सिग्देल, बाराही उच्च मावीका प्राचार्य शिव भण्डारी, क्लवका सल्लाहाकार दुर्गा सुनार, यज्ञ प्रसाद बास्तोला, खेलकुद पत्रकार मंचका अध्यक्ष केशव पाठक, क्लवका उपाध्यक्ष जय प्रकाश थापा (पप्पु), कार्यक्रम संयोजक धर्मेन्द्र घर्ती, क्लवका सचिव राजु गिरी लगाएतले विजयी टिम, खेलाडी र सहभागी क्लवहरुलाई प्रमाणपत्र प्रदान गरेकाथिए । कार्यक्रम क्लवका अध्यक्ष मोहन बहादुर केसीको अध्यक्षतामा भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस