लागुऔषधसहित दुई पक्राउ

  • पोखरा न्यूज
  • २०७३ श्रावण २
Post Thumbnail

पथरी (मोरङ), २ साउन –

मोरङको विराटनगर–२१ बाट शनिबार साँझ प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी–१ आइतबारे बस्ने १८ वर्षीय गोविन्द विष्ट र सोही ठाउँका विक्रम चौधरी रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई भारतीय बजार जोगबनीबाट पैदल आउँदै गर्दा भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नाइट्रोसन १५० ट्याबलेट बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई सीमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस