नगरपालिकाको नक्कली लेटरप्याड बनाइ ठगी

नवलपरासी, २ साउन –

नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गैँडाकोट–२ निवासी २४ वर्षीय आशा थापाको मुटु रोगका लागि काठमाडौँको गङ्गालाल अस्पतालमा मुटुका भल्व परिवर्तन गर्नुपरेको हुँदा सहयोगका लागि अपिल गरिएको सिफारिस पत्र लेटरप्याडमा लेखिएको छ ।

गैँडाकोट नगरपालिकाका सचिव पदम कण्डेलको हस्ताक्षर रहेकोे कीर्ते सिफारिस पत्र लिएर गैँडाकोट क्षेत्रभित्र दुई बालबालिकाको प्रयोगमा चन्दा उठाइएको भेटिएको हो ।

पदम कण्डेल नाम गरेको कर्मचारी गैँडाकोट नगरपालिकामा नभएको भन्दै नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले इलाका प्रहरी कार्यालयलाई यसको छानबिन र अनुसन्धानका लागि आग्रह गर्ने बताउनुभयो । साथै नेपालले सिफारिस पत्रमा सहयोग नगर्न पनि गैँडाकोटवासीलाई आग्रह गर्नुभएको छ ।

यता इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक सुवास हमालले सरकारी कार्यालयको कागज कीर्ते गरी जनता ठग्नेलाई पाँच वर्षको कैद र हदैसम्मको जरिवाना हुने बताउनुभयो । अझ बालबालिकाको प्रयोगमा झन बढी कारबाही हुने उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button