बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

भीमदत्तनगर, २ साउन –

१४ वर्षीया किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेको आरोपमा कञ्चनपुरको बेलारी नगरपालिकाका एक युवक पक्राउ परेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बेलौरी नगरपालिका– ४ खिरिया बस्ने ४२ वर्षीय दीपक ठकुल्लाले भान्सामा खाना पकाइरहेकी किशोरीलाई जबर्जस्तीको प्रयास गरेपछि प्रहरी खोरमा पुगेका हुन।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार घरमा कोही नभएको बेला खाना पकाइरहेकी ती किशोरीलाई ठकुल्लाले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । शनिबार घटनाबारे बालिकाले घरका अन्य सदस्यलाई जानकारी गराएपछि आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा ठकुल्लालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button