पूर्वहवल्दार मृत फेला

खोटाङ, २ साउन –

दैनिकजसो रक्सीले मातेर हिँड्ने खोटाङका एक व्यक्ति आज मृत फेला परेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल प्रहरीका पूर्वहवल्दारसमेत रहेका दिक्तेल नगरपालिका–१५ का ४५ वर्षीय खिला केसी रक्सीले मातेका सुरमा शनिबार बेलुका घरबाट हिँडेका थिए । उनी नजिकैको मकैबारीमा मृत फेला परेको स्थानीयवासीले बताएका छन् ।

केसी मातेको समयमा चिप्लोमा लडेर हिलामा भासिएका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button