|प्रतिकात्मकतस्बिर
खोटाङ, २ साउन –
दैनिकजसो रक्सीले मातेर हिँड्ने खोटाङका एक व्यक्ति आज मृत फेला परेका छन् ।
नेपाल प्रहरीका पूर्वहवल्दारसमेत रहेका दिक्तेल नगरपालिका–१५ का ४५ वर्षीय खिला केसी रक्सीले मातेका सुरमा शनिबार बेलुका घरबाट हिँडेका थिए । उनी नजिकैको मकैबारीमा मृत फेला परेको स्थानीयवासीले बताएका छन् ।
केसी मातेको समयमा चिप्लोमा लडेर हिलामा भासिएका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution