बागलुङ कालिका मन्दिरको परेवाका लागि गन्ज निर्माण

बागलुङ, २ साउन –

बागलुङ कालिका मन्दिरको झ्याल, बुइँगल र छानामा रात काट्ने परेवा सुरक्षित बासमा सरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

परेवाको बध रोकेको मन्दिरले स्थायी बासको व्यवस्था गरेर अर्को पक्षीमैत्री कार्य गरेको छ । एकैसाथ ५५० जोडी परेवा अट्ने सुरक्षित घर (गन्ज) निर्माण गरिएको छ । रु दुई लाख ६० हजारको लागतमा ‘परेवा–घर’ बनाइएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अध्यक्ष राजु खड्काका अनुसार सो संरचना बनाउन पशुसेवा कार्यालय बागलुङले रु दुई लाख सहयोग गरेको छ । गुठीको आन्तरिक कोषबाट रु ६० हजार खर्च भएको छ । ‘मन्दिरमा परेवा बध गर्न रोकिएपछि परेवाको सङ्ख्या पनि बढ्दै गएको छ, सुरक्षित बासका लागि परेवालाई छुट्टै व्यवस्था गरेका हौ ।’ गुठी समितिले गत वैशाखदेखि मन्दिरमा परेवाको बध गर्न रोक लगाएको हो ।

आगामी दसैँसम्ममा थप ५५० जोडी परेवाका लागि स्थायी बास निर्माण गरिने समितिले जनाएको छ । सुरक्षित बासस्थानको अभावमा परेवा मन्दिर परिसरमा अलपत्र अवस्थामा देखिने गरेका थिए । गँुड नपाएर परेवा बिरामी हुने, बाहिरी जीवजन्तुको सिकार बन्ने र मन्दिरको छाना फोहोर हुने जस्ता समस्या हटेको छ।

गुँडमै चारो–पानीका लागि समितिले यथोचित व्यवस्था मिलाएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा भक्तजनले मन्दिरमा परेवा उडाउने गरेका छन् । दैनिकजसो भक्तजनले मन्दिरमा परेवा छाड्ने गरेका छन् । बाहिरबाट परेवा व्यवस्था गर्न नसक्नेले मन्दिरमै परेवा किनेर पूजाआजा चलाउने गरेका छन् । प्रतिजोडी परेवाको मूल्य रु ५०० पर्ने गरेको छ ।

पछिल्लो समय गाउँघरमा परेवा पाल्ने चलन कम हुँदै गएको बेला मन्दिरले परेवा संरक्षणको काम अघि बढाएको छ ।
कालिका मन्दिरमा परेवाबाहेक हाँस, कुखुरा, सुँ्गुर, बोका सर राँगोको भने बलि दिइन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button