नयाँ बन्ने सरकारमा जान्नौँ – कर्ण

 

भक्तपुर, २ साउन –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सद्भभावनाका पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नयाँ बन्ने सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नयाँ सरकार गठनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस गठबन्धनलाई सघाइने बताउनुभयो । उहाँले भन्नुभयो“मधेसको माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले नयाँ सरकार गठनमा माओवादी केन्द्र र काँग्रेस गठबन्धनलाई सघाउँछौ तर सरकारमा सहभागी हुँदैनौँ ।”

उहाँले मधेसकेन्द्रित दलहरु नेकपा (एमाले)को विरोधी नभएको बताउँदै नयाँ बन्ने सरकारमा एमालेलाई समेत सामेल गरेर लैजाँदा देशले समाधान पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एम्ं सांसद मीन विश्वकर्माले नयाँ सरकारको निर्माणमा संवैधानिक जटिलता नभएको जिकिर गर्दै भन्नुभयो–“सुुशील कोइराला नेतृत्व सरकारपछि जसरी ओली नेतृत्वको सरकार गठन भयो, त्यसैगरी अब नयाँ सरकार गठन हुन्छ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button