सिन्धुपाल्चोकका दल र सांसद विपत्तिमा एक हुँदै

  • पोखरा न्यूज
  • २०७३ श्रावण २
Post Thumbnail

 

काठमाडौँ, २ साउन –

सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दलका नेता तथा सांसदले त्यहाँ प्राकृतिक विपत्ति परेकाहरुको पुनःस्थापना गर्न एक जुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र बाह्रबिसे–काठमाडौँ सम्पर्क समाजले आज यहाँ ‘भोटेकोसी–सुनकोसी करिडोर बचाउ अभियान’ बृहत् अन्तक्र्रियामा उहाँहरुले प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत दिन र पुनःस्थापना गर्न सरकारसँग तत्काल माग गर्नुभएको छ ।

कार्यक्रममा नेकपा (एमाले) अनुशासन आयोगका अध्यक्ष तथा सांसद अमृतकुमार बोहराले सबै राजनीतिक पार्टी एक भएर लागे मात्र प्राकृतिक विपत्तिमा परेकाहरुको उद्धार गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो–“बृहत् एकीकृत योजना बनाएर पीडितको समस्या समाधान गर्नुपर्छ । ”

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले लगाउनुभयो । उहाँले जुरे पहिरो, भूकम्प र भोटेकोसी बाढीजस्ता प्राकृतिक विपत्तिले सिन्धुपाल्चोक तीन वर्ष लगातार चपेटामा परे पनि खासै उद्धार र पुनःस्थापनाका कार्य हुन नसकेको बताउनुभयो । उहाँले प्राकृतिक विपत्तिमा परेकालाई विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास सहायकमन्त्री रेशम लामाले प्रकृति र राज्य दुवैले सिन्धुपाल्चोकलाई ठगेका छन् भन्दै सबै दल एक हुनाको विकल्प नभएको जिकिर गर्नुभयो ।

सांसद राज्यलक्ष्मी श्रेष्ठ (काठमाडौँ) ले सरकारले सिन्धुपाल्चोकको प्राकृतिक विपत्तिमा परेकालाई पर्याप्त पुनःस्थापना नगरेको आरोप लगाउँदै सबै दल एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद शेरबहादुर तामाङले प्रकोपको पीडामा सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

प्रजिअ गोकर्णमणि दवाडीले भोटेकोसीमा बाढी आएपछि जिल्लाको क्षमताले भ्याएसम्म सबै उद्धार र पुनःस्थापनाको कार्य गरिएको जानकारी गराउनुभयो । उहाँले बाढीबाट कटान रोक्नका लागि तार र जालीको व्यवस्थापन गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म बाढीबाट ७७ घर बगाएका छन् भने थप बगाउने खतरा छ ।

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य अरुण नेपालले तत्काल बाढीबाट विस्थापितलाई पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै सबै राजनीतिक दल एक भएर पीडितको पुनःस्थापनामा ध्यान दिनुपर्ने बताउनुभयो ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलकुमार श्रेष्ठले मुलुकको ठूलो भन्सार नाका तातोपानी भूकम्पपछि सञ्चालन हुन नसक्नु दुःखद् बताउनुभयो । गत असार २१ गते राति भोटेकोसीमा गएको बाढीले तातोपानीको १० किलो, लार्चा र लिपिङ बस्तीका घर बगाएको थियो । बाढीले अरनिको राजमार्ग अन्तर्गत तातोपानी–बाह्रबिसे सडक खण्डमा असर परेको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस