कालोपत्रे गरिएको एक महिनामै खाल्टाखुल्टी

काठमाडौँ, २ साउन –

सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक विस्तार गरी कालोपत्रे गरिएको एक महिना पनि नपुग्दै खाल्टाखुल्टी भएपछि साउने झरीमा मर्मत सुरु भएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ ११-११ मि विस्तार गरी कालोपत्रे गरिएको एक महिनापछि सडकका ठाउँ ठाउँमा खाल्टाखुल्टी भएको स्थानीयवासीको गुनासो छ ।

Purna Mishra

निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा सडक बनाउनेबित्तिकै भत्किएको स्थानीयवासी राममणि न्यौपानेले बताउनुभयो । “रु आठ करोड ५९ लाखको लागतमा कालोपत्रे गरिएको दुई किमी सडकमा सवारी चलाउनै मुस्किल हुने गरी खाल्टाखुल्टी भएको छ, सडक बिग्रिएको गुनासो गर्न जाँदा आयोजनाले ठेकेदारको प्रतिनिधि जस्तो गरी उसकै पक्षमा वकालत ग¥यो, यसैबाट स्पष्ट हुन्छ के कारण गुणस्तरीय सडक बनेन”–उहाँले भन्नुभयो ।

यो सडकको निर्माण ‘लामा बिल्डर्स, बिरुवा च्याङ्मिला जेभी’ले गरेको आयोजना प्रमुख मनोज श्रेष्ठले राससलाई जानकारी दिनुभयो । “सडकको केन्द्रमा बर्खे भेल कटाउन राखिएको ढलका कारण सडकमा खाल्टाखुल्टी भएछ, ढुङ्गेधारामा फोहर फालेकाले मूलको पानी सेतो पुलका दुवै भागमा गएर बिग्रिएछ”–उहाँले भन्नुभयो ।

साउने झरीमा खाल्टाखुल्टी भएको सडक मर्मत गराइरहनुभएका ठेकेदार कंका प्रतिनिधिद्वय बद्री खड्का र तुलसी वाग्लेले सडक गुणस्तरीय नबनाइएकाले एक महिना नपुग्दै भत्किएका विषयमा प्रतिक्रिया माग्दा केही नबोल्ने बताउनुभयो ।

सो विषयमा ठेकेदार कंका कसैले कुनै प्रतिक्रिया नदिने उहाँहरुको भनाइ थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button