‘ओलीज्यू सडकमा तमाशा नदेखाउनुहोस्’

काठमाडौँ , २ साउन –

‘प्रधानमन्त्रीले चोरबाटो हिड्नु हुँदैन, ढोकाबाटै निस्कनुहोस्’

माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा युवा उफारेर तमाशा नदेखाउँन आग्रह गरेका छन्।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आइतबार रिपोर्टर्स क्लब नेपालको सक्षात्कारमा बोल्दै नेता पुनले प्रधानमन्त्रीविरुद्ध व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव पेश भइसकेकाले अब युवालाई सडकमा उतारेर तमाशा देखाउनु पर्ने आवश्यकता नभएको बताए।

‘सक्नुहुन्छ भने नैतिकताका आधारमा राजीनामा दिनुहोस्, नसके संसद फेस गर्नुहोस्, प्लेकार्ड बोकाएर स्वतन्त्र युवाको नाममा सडकमा तमाशा नदेखाउनुहोस् पुनले भने, ‘सडक आन्दोलन गर्दैमा प्रधानमन्त्री थामिँदैन भन्ने कुराको हेक्का एमालेले राख्नुपर्छ।

नेता पुनले स्वतन्त्र युवाको नाममा ओलीको पक्षमा भएको नाराबाजीलाई आफूले राम्रोसँग बुझेको बताए। उनले भने, ‘यो सानो मुलुकमा कसका कार्यकर्ता कति छन्, हामीलाई राम्रोसँग थाहा छ। पुनले ओली खरो बोल्ने नेता भएकाले सोही अनुरुप आफ्नो भूमिका प्रदर्शन गर्नुपर्ने बताए। ‘चोर बाटो वा झ्यालबाट नहिडौँ मुल ढोकाबाटै अघि बढौँ, पुनले भने।

एमालेले राष्ट्रवाद सिकाउनु पर्दैन

नेता पुनले नेकपा एमालेलाई राष्ट्रवादको पाठ नसिकाउन समेत चेतावनी दिएका छन्।

‘हामीलाई एमालेले राष्ट्रियताको कुरा सिकाउनु पर्दैन, हिजोका दिनमा राष्ट्रवादको पक्षमा सुरुङ युद्धको उद्घोष गर्ने हामी नै हौँ, पुनले भने, ‘हस्तक्षेप भयो भन्दै सरकारबाट राजीनामा दिनेपनि हामी नै हौँ, त्यसैले हामीलाई कसैले राष्ट्रवादको पाठ नपढाए हुन्छ।

पुनले एमालेको राष्ट्रवादमा नेपालकै मधेसी, आदिवासी, जनजाति, पिछडिएका वर्ग नअटाएको आरोप लगाए।

‘आजको भूमण्डलीय विश्वमा आफ्नो मुलुकको राष्ट्रियता जोगाउन हामी कटिबद्ध छौँ। कसैले विदेशीको पछि लाग्यो भन्छ भने त्यो भावनामा बग्ने काम मात्रै हो, त्यो हल्लाको पछि लाग्नु जरुरी छैन, पुनले भने।

एमालेले माओवादी केन्द्रसँग गरेका १४, ९ र ३ बुँदे भद्र सहमति कार्यान्वयन नगरेको गुनासो समेत पुनको छ। ‘हामीले सँधैभरि केपी ओलीलाई प्रधानमन्त्री बनाउन भोट मागेका होइनौँ, पुनले भने, ‘प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मान्यता र सामान्य राजनीतिक नैतिकता समेत देखाउनुभएन्।

प्रधानमन्त्रीले संसद विघटन गर्ने हल्ला छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अहिलेको संविधानले संसद विघटनको कल्पना समेत गर्दैन, अहिले कुनै अधिनायकवाद र निरंकुशतन्त्र व्यवस्था होइन्।

उनले एमालेलाई सरकार बनाउन समर्थन गर्दा आफ्नो पार्टीलाई राम्रो देख्ने तर अहिले समर्थन फिर्ता लिँदा विदेशीको ईशारामा चलेको भन्ने आरोप लगाउनु लज्जास्पद भएको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button