प्रधानमन्त्रीको पक्षमा रत्नपार्कमा प्रदर्शन

  • पोखरा न्यूज
  • २०७३ श्रावण २
प्रधानमन्त्रीको पक्षमा रत्नपार्कमा प्रदर्शन

काठमाडौं, २ साउन –

प्रधानमन्त्री केपी ओली सरकारको पक्षमा शनिबार पनि राजधानीमा प्रदर्शन गरिएको छ । स्वतन्त्र युवा अभियानले रत्नपार्कअगाडि प्रधानमन्त्री ओली सरकारको विकल्प नभएको भन्दै प्रदर्शन गरेको हो ।

रत्नपार्कमा जम्मा भएका युवाले विभिन्न प्लेकार्ड बोकेर प्रधानमन्त्री ओलीको पक्षमा नारा जुलुस गर्दै प्रदर्शन गरे । ती युवाले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनता जोगाएको तथा विदेशीसँग शिर नझुकाएको भन्दै नारा जुलुस गरेका थिए । प्रदर्शनमा युवाले प्रधानमन्त्री ओलीको पक्षमा गीत, कविता तथा गजलसमेत प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएपछि शुक्रबारदेखि युवा अभियानले प्रदर्शन गर्दै आइरहेको छ । प्रदर्शनमा एमालेनिकट भ्रातृसंगठन युवा संघ नेपाल र अनेरास्ववियुका नेता तथा कार्यकर्ताको पनि उपस्थिति रहेको छ ।

साभार: नयाँपत्रिका बाट

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस