प्रधानमन्त्रीले संसद् विघटन नगर्ने – उद्योगमन्त्री पाण्डे

 

काठमाडौँ, २ साउन –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रधानमन्त्रीले संसद् विघटन नगर्ने र सरकारले अविश्वासको प्रस्ताव सामना गर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँले संविधानले निर्दिष्ट गरेको बाटोबाट सरकार एक ईन्च पनि तलमाथि नहुने बताउँदै संसद्मा अविश्वासको प्रस्ताव पेस भएकाले अहिले नै यो सरकार अल्पमतमा परयो भनी राजिनामा माग्नु असंवैधानिक हुने बताउनुभयो । मन्त्री पाण्डेले आफू अनुकूल संविधानको व्याख्या नगर्न आग्रह गर्दै संसद्बाट केही आर्थिक विधेयक पारित नभए सरकारमात्रै नभएर मुलुक नै असफल हुने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुकको आवश्यकताका आधारमा काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन बनेको बताउनुभयो । प्रचण्डको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउने विश्वास काँग्रेसले लिएको धारणा राख्दै उहाँले राजनीतिक दलहरुबीच तिक्तता रहेपनि संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणमा मिलेरै अघि बढ्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले मुलुकका विद्यमान समस्यालाई समाधान गर्न संविधानप्रति असन्तुष्ट मधेसी, आदिवासी, जनजाति, पिछडिएका वर्गको भावनालाई सम्बोधन गरिनुपर्ने बताउनुभयो । उहाँले एमालेले आफ्नो पार्टीसँग विगतमा गरेका सहमति कार्यान्वयन नगरेको गुनासो गर्दै प्रधानमन्त्रीले नैतिकता प्रदर्शन नगरेपछि बाध्य भएर अविश्वासको प्रस्ताव पेस गरेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button