रामपुर (पाल्पा), ३ साउन –
अविरल वर्षाका कारण रामपुर गेझा मगरेमा घर भत्किँदा एक दम्पती पुरिएका छन् ।
रामपुर नगरपालिका–१४ मगरे बस्ने ४८ वर्षीयका अमबहादुर गाहा र उनका श्रीमती ५० वर्षीया सुमित्रा गाहा घर भत्किँदा पुरिएका हुन् । गएराति करिब २ बजेको समयमा खरले छाएको तीनतले घर एक्कासि भत्किएपछि पुरिएकी सुमित्राको अवस्था गम्भीर बनेको छ । उनलाई मिसन अस्पताल तानसेनमा उपचारका लागि लगिएको छ ।
श्रीमान् अमरबहादुरको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । स्थानीयवासी तोया सारुका अनुसार छोरा–बुहारी, ससुराली तथा माइत गएका बेला घरमा रहेका आमाबाबु घर भत्किएर पुरिएका हुन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय रामपुर र हुँगी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले आज बिहान उद्धार गरेको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution