लहान, ३ साउन –
सशस्त्र प्रहरीको गस्ती टोलीले गएराति सिरहाको गोलबजारबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोलबजारस्थित रामजानकी पेट्रोल पम्प नजिकबाट हतियारसहित गोलबजार नगरपालिका– ४ निवासी रामगणेश बेलदासलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवर्णबहादुर थापा मगरले जानकारी दिनुभयो ।
हतियार बोकेर स।५ प २२३ नम्बरको कालो रङ्गको मोटरसाइकलमा गइरहेको भन्ने गोप्य सूचनाको आधारमा विशेष टोली खटिएको थियो ।
पक्राउ परेका बेलदासको साथबाट एक थान सिक्सर पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली र पञ्जा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक थापामगरले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution