अनशनरत डा केसीको जीवन रक्षार्थ सरकारको ध्यानाकर्षण

काठमाडौँ, ३ साउन –

व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकार र डा गोविन्द केसीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न र उहाँको जीवन रक्षा गर्न सरकारलाई निर्देशन दिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अनशनरत डा केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको भन्दै समितिले तत्काल उहाँले अहिले उठान गर्नुभएको चारबुँदे माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

समितिका सभापति सुशीलकुमार श्रेष्ठको नेतृत्वमा समितिका सदस्यहरुले आज डा केसीलाई अनशनस्थल महाराजगन्जमा भेटघाट गरेपछि डा केसीको जीवन रक्षाको माग गर्नुभएको हो ।

govinda kc

चारबुँदे माग राखी डा केसी असार २६ गतेदेखि त्रिविवि शिक्षण अस्पताल परिसरमा अनशनमा बस्दै आउनुभएको छ । अहिले उहाँको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको डा केसीको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

हाल उहाँले उठान गर्नुभएका मागमा चिकित्सा शिक्षा ऐनका केही मस्यौदा चालु अधिवेशनबाट पारित गरिनुपर्ने, माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने र आफूसँग सरकारले गरेका सहमति पूरा गरिनुपर्ने लगायतका छन् ।

समितिले डा केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब माग पूरा गर्न सरकारलाई आग्रहसमेत गरेको छ । भेटपछि सभापति श्रेष्ठले सञ्चारकर्मीसित कुरा गर्दै समितिले सरकारलाई माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चिकित्सा क्षेत्रका विकृति र विसङ्गति अन्त्य गर्न पटक पटक ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले भन्नुभयो – “मैले डा केसीलाई अघिल्लो अनशनको समयमै भनेको थिएँ धोका होला है डाक्टर सा’ब, नभन्दै धोका भयो ।”

डा केसीले सभापति श्रेष्ठलाई अबको अनशनचाहिँ आफ्नो माग पूरा नभई नछाडिने बताउनुभएको सभापति श्रेष्ठले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button