गाडीबाट ६० प्रतिशत वायु प्रदूषण

  • पोखरा न्यूज
  • २०७३ श्रावण ३
Post Thumbnail

काठमाडौँ, ३ साउन –

काठमाडौँ उपत्यकामा ६० प्रतिशत वायु प्रदूषण सवारी साधनका कारण हुने गरेको छ ।

वातावरण विभाग र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड)ले आज यहाँ आयोजना गरेको वायु गुणस्तरबारेको सार्वजनिक सूचना प्रणालीसम्बन्धी एक छलफल कार्यक्रममा वातावरण विभागका सिनियर डिभिजन केमिस्ट शङ्करप्रसाद पौडेलले यस्तो जानकारी दिनुभएको हो ।

वायु प्रदुषणमा नेपाल दक्षिण एसियामै पहिलो नम्बरमा पर्ने गर्छ ।

इसिमोडका निर्देशक शेखर घिमिरेका अनुसार इसिमोडले वायु प्रदूषण नाप्न लुम्बिनी र चितवनमा उपकरण जडान गरिसकेको छ । नेपालको वायु प्रदूषणको वास्तविक अवस्था कस्तो छ भन्ने जानकारी पाउन पनि यस्तो यन्त्र आवश्यक रहेको बताइएको छ । उक्त छलफलमा काठमाडौँ उपत्यकाका कुन कुन स्थानमा वायु मापनयन्त्र जडान गर्ने भन्ने निर्णय समेत लिइने छ ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले विकास गतिविधि सँगसँगै वातावरण संरक्षणका मुद्दालाई पनि सँगै लैजानुपर्नेमा जोड दिनुभएको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस