व्यावसायीहरुद्धारा पोखरा ट्रेड मल अनिस्चितकालिन बन्द

पोखरा, ३ साउन –

बन्दको क्रममा एक बालक कुटिए, २ सय व्यवसायी आन्दोलनमा

पोखराको ठुलो सपिङ कम्प्लेक्स “पोखरा ट्रेड मल” आज (सोमबार) देखि व्यावसायीहरुले अनिस्चितकालिन बन्द गराएका छन । उक्त मल भित्र आउने उपभोक्ताहरुसंग व्यावस्थापन पक्षले प्रति घण्टा पार्किङ शुल्कः लिन थाले पछि व्यावसायीहरुले अनिस्चितकालिन बन्द गरी आन्दोलनमा उर्तिएको पोखरा ट्रेड मल व्यवसायी संघका अध्यक्ष सुरेस नेपालीले बताए ।

उक्त मल बन्द गराउने बिषयमा व्यवसायीहरु बिच विवाद उत्पन्न भएपछि एक जना बालक व्यवसायीहरुबाट कुटिएका छन । कन्चन सप्लायर्सका संचालक मिनराज काफ्लेका १५ बर्षीय छोरा सुस्मीन काफ्ले माथि व्यावसायीहरुले कुटपिट गरेको पोखरा ट्रेड मल एण्ड हाउजीङ कम्पनि प्रालिका अध्यक्ष विन्दुकुमार थापाले बताए ।

pokhara trade mall 3

उपभोक्ताहरुसंग प्रति घण्टा पार्किङ शुल्क लिने व्यावस्थाले गर्दा उक्त मलमा कम उपभोक्ताहरु आउन थालेको हुदा आफुहरु आन्दोलन गर्न बाध्य भएको नेपालीले बताए । उपभोक्तासंग प्रति घण्टाको दरले पार्किङ शुल्क लिदा उक्त मल भित्र उपभोक्ताहरु झन कम आउने गरेकोले आफुहरुको व्यवसाय समेत गिर्दो रुपमा रहेको अध्यक्ष नेपालीले जनाए । पसलहरु बन्द गराउदै हिडेका केहि व्यावसायीहरुले नाबालक काफ्लेलाई पसल बन्द गर भन्दै धम्काउदै झापड हानेको थापाले बताए ।

pokhara trade mall 2

उनले भने “जब सम्म हाम्रा उपभोक्ताहरुले निशुल्कः रुपमा पार्किङ गर्ने वातावरण हुदैन, तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ, हाम्रा २ सय व्यवसायीहरुको पसल पुर्ण रुपमा बन्द रहन्छन।” गत असार दोश्रो हप्ता देखि मल व्यावस्थापन समितिले प्रति घण्टा मोटरसाइकलको ५, प्रति कार, जिप, भ्यानको १० र ट्याक्सी वा भाडाको भ्यान प्रति घण्टा २० रुपैया लिदै आएको छ । आफुहरु सानो पुंजीबाट व्यावसाय संचालन गर्न आएको अवस्थामा व्यावस्थापन समितिले व्यावसायहरुसंग ढाड सेक्ने गरी विभिन्न वहानामा शुल्क लिने गरेको उनले आरोप लगाए । मासिक रुपमा ३ सय विद्युत शुल्कः लिएर पनि छुट्टै युनिटको शुल्क लिने गरेको व्यवसायीहरुको आरोप छ । पोखरा ट्रेड मल एण्ड हाउजीङ कम्पनि प्रालिका अध्यक्ष विन्दुकुमार थापाले व्यवसायीहरुले घर भाडा र सरसफाई, सुरक्षा लगायतको शुल्कः समयमै नतिरेको कारणले गर्दा वाहाना वाजी गरेको आरोप लगाए । उनले भने “ पार्किङ शुल्कको बिषयमा मासिक २० हजारमा टेण्डरमा दिएकोले त्यो निर्णय कुनै पनि हालतमा खारेज हुदैन, व्यवसाय संचालन गर्न नचाहनेहरुलाई हामीले केहि गर्न सक्दैनौं । ”

उक्त मलमा पार्किङ गर्दा दिएको टिकट हराएको खण्डमा ५ सस रुपैया जरिवाना लाग्ने भएको पार्किङ स्थलमा विभिन्न स्थानमा सुचना जारी गरीएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button