पोखरा, ३ साउन –
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरेको छ । मञ्चमा आबद्ध हुन चाहने खेल पत्रकारलाई समेट्ने उद्देश्यले सदस्यता आवेदन खुल्ला गरेको मञ्चका अध्यक्ष केशव पाठकले जानकारी दिए । मञ्चमा हाल ४१ जना आबद्ध छन् ।
यस्तै, सम्पुर्ण सदस्यलाई नविकरणका लागि पनि अनुरोध गरेको छ । ‘मञ्चमा आबद्ध सदस्यहरु विदेशमा तथा क्रियाशील नभएका कारण आवश्यकता अनुसार सदस्य थप गर्नुपर्ने भएकाले नयाँ सदस्यताका लागि आवेदन खुलाएका हौं ।’ अध्यक्ष पाठकले भने– ‘पत्रकारितामा सक्रिय नभएका र बाहिरन चाहने पनि देखिएकाले यसै वर्ष देखि वर्षेनी नविकरण गर्नुपर्ने निर्णय पनि मञ्चले गरेको छ ।’
मञ्चको बैठकले ईच्छुक पत्रकारका लागि यही साउन मसान्त सम्म मिति तोकेर आवेदन खुल्ला गर्ने निर्णय गरेको सचिव रञ्जन अधिकारीले जनाए । सदस्यहरुले पनि साउन मसान्तसम्मै नविकरण गर्नुपर्नेछ । सदस्यता शुल्क तथा नविकरण शुल्क दुवैको एक सय रुपैंया तोकिएको छ । यस पश्चात् मञ्चको परिचयपत्र वितरण गरिने सचिव अधिकारीले जनाए । बैठकले तोकिएको समयभित्र नविकरण गर्न नचाहने मञ्चबाट स्वतः बाहिरिने निर्णय पनि गरेको छ ।
मञ्चका अनुसार नयाँ सदस्य बन्न चाहने सक्रिय पत्रकार हुनुपर्नेछ । गत वर्षभरका कम्तिमा एक खेल सम्बन्धी प्रकाशित प्रसारित समाचार सामाग्री, आफु कार्यरत सञ्चारसंस्थाको परिचयपत्र प्रतिलिपि र दुई प्रति फोटो सहित मञ्चको पदाधिकारी तथा कार्यसमिति सदस्यलाई सम्पर्कका लागि अनुरोध गरिएको छ ।
यसैबीच, मञ्च कास्कीको बैठकले यही साउन ६ गते काठमाण्डौंमा केन्द्रको आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डमा सहभागिताका लागि उपाध्यक्ष दिननाथ बराल र कार्यसमिति सदस्य शुशिल नेपालीलाई पठाउने निर्णय गरेको मञ्चले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution