‘साउन ६ मा प्रधानमन्त्री ओलीको राजीनामा आउँछ’

  • पोखरा न्यूज
  • २०७३ श्रावण ४
Post Thumbnail

उदयपुर, ४ साउन  –

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य राम कार्कीले साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताउनुभयो ।

भूकम्प, नाकाबन्दी, संविधान कार्यन्वयन लगायतका कुरामा एमाले नेतृत्वको ओली सरकार गम्भीर नभएकाले माओवादी सरकारबाट बाहिरिएको बताउनुभयो ।

प्रेस सेन्टर उदयपुरले मंगलबार सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कार्कीले मधेसका मुद्दा जटिल बन्दै जाँदा पनि वर्तमान सरकार मधेसको मुद्दाप्रति सम्वेदनशिल नबनेको र नागरिकका आधारभुत समस्याप्रति गम्भीर नदेखिएकाले समर्थन फिर्ता लिनु परेको स्पष्ट पार्नुभयो ।

आन्दोलनरत मधेसी लगायतका दललाई वार्तामा ल्याउनुको साटो सरकारमा बसेर वर्ताको लागि पत्र पठाएको छौं भन्दै बस्नु गैरजिम्मेवारपन भएको उहाँको तर्क छ । ‘मधेसी दल आन्दोलन गरिरहने ।’ कार्कीले भन्नुभयो ‘ओली सरकार आन्दोलन गर्नेलाई मार्नें र जनही १० लाख तिर्ने तयारी रहेकाले पनि सरकारको आयु समाप्त भएको हो ।’

माओवादी केन्द्रका १ नम्बर प्रदेशका संयोजकसमेत रहेका कार्कीले सार्वभौम अधिकार सम्पन्न संसदमा बहुमतले अविश्वासको प्रस्ताव दर्ता भइसकाले प्रधानमन्त्री ओलीले राजीनामा दिनुको विकल्प नरहेको बताउनुभयो ।

साभार: उज्यालोअनलाइन बाट

original link: https://ujyaaloonline.com/news/60626/ram-karki/



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस