नियन्त्रित लागू औषध सहित पक्राउ

  • पोखरा न्यूज
  • २०७३ श्रावण ४
नियन्त्रित लागू औषध सहित पक्राउ

|प्रतीकात्मक तस्बिर

मोरङ, ४ साउन –

डाँगीहाट–५ बस्ने २० वर्षीय प्रबेश गौतमलाई प्रहरीले नियन्त्रित लागू औषध ५० एम्पुल एभील, ५० एम्पुल डाईजेपाम, ५० एम्पुल लुपीजेसीक र १० एम्पुल फेनारगन सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सोमबार विराटनगर–२१ स्थित भन्सार कार्यालयको १ नम्वर ढाटमा उनलाई चेक जाँच गर्दा कम्मरको भागमा लुकाई ल्याएको अवस्थामा उक्त नियन्त्रित लागू औषध बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस