भारतीय भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउदै नेपाल – भारत मैत्री बस सेवाको उदघाटन

  • पोखरा न्यूज
  • २०७३ श्रावण ४
Post Thumbnail

ढाका मोहन बराल (गणेश)
पोखरा, ४ साउन –

पोखरा र भारतको राजधानी नयाँ दिल्ली जोड्ने गरि नेपाल – भारत मैत्री बस सेवाको दिल्लीमा उदघाटन गरिएको छ ।

भारतका लागी नेपाली राजदुतावासका कार्यवाहक राजदुत कृष्ण प्रसाद ढकाल,  उत्तर प्रदेश परिवहन निगमका निर्देशक आशिष गोयल एबं मोर्डन इरा टूर्स एन्ड ट्राभलका अध्यक्ष केशब प्रसाद अधिकारीले हरियो झन्डा फहराएर बस सेवाको प्रारम्भ गरेका हुन । बस सेवाको मंगलबार आनन्द बिहार बसपार्क दिल्लीमा एक कार्यक्रमका बिच औपचारिक रुपमा उदघाटन गरिएको हो । नेपालका तर्फबाट निजी लगानीको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स र भारतका तर्फ बाट उत्तर प्रदेश परिवहन निगमले संयुक्त रुपमा  सेवा सुरु गरेका हुन ।

nepali flag in india

नेपाली पोसाकमा नेपालीको पहिचान दिदै आनन्द बिहार बसपार्क दिल्लीमा नेपाली झण्डा फरफराउदै राष्ट्रिय गान बजाएर दर्जनौं मिडिया र पाँचसय भन्दा बढी जनमानसको उपस्थितिमा बस सेवाको भब्य रुपमा उदघाटन गरिएको मोर्डन इरा टुर्स एण्ड ट्राभल्सका संचालक कृष्ण राज गैह्रेले पोखरान्युजडटकम लाइ बताए । पोखरान्युजडटकम सँग कुरा गर्दै ट्राभल्सका लागी दिल्ली प्रमुख समेत रहेका गैह्रेले मोर्ड्न इराले दिल्लीका जनतालाइ मुक्तीनाथ नजिक बनाएको दाबी गरे । उत्त बस सेवाका दिल्लीमा तीन वटा काउन्टर रहने छन भने अनलाइन बाट पनि टिकट बुकिंग गर्न सकिने बताइएको छ ।

उदघाटन कार्यक्रममा राजदुत कृष्ण प्रसाद ढकाल, परिवहन निगमका निर्देशक आशिष गोयल एबं मोर्डन इरा टूर्स एन्ड ट्राभलका अध्यक्ष केशब प्रसाद अधिकारीले दुइ देशको सम्बन्ध र पोखराको सुन्दरताका बारेमा वोलेका थिए । यसअघि २७ असारमा पूर्व गृहमन्त्रि शक्ति बस्नेत र नेपालका लागि भारतिय राजदुत रन्जित रे ले दुवै देशको झण्डा हल्लाएर पोखराबाट बस सेवाको प्रारम्भ गरेका थिए ।

भारत तर्फबाट ४ र नेपाल तर्फबाट मोर्ड्न इराले ४ गरी ८ वटा गाडीहरु पहिलो चरणमा संचालन हुदै छन् । मोर्ड्न इराले संचालन गरेका गाडीको नाम नेपाल-भारत मैत्री बस सेवा नाम राखिएको छ भने उत्तर प्रदेश परिवहन निगमले संचालन गरेका गाडीमा भारत-नेपाल मैत्री बस सेवा सेवा राखिएको छ । नेपाल भारत सिधा बस सेवा प्रारम्भ भएसँगै दुइ देशको पर्यटन प्रबर्द्धनमा उल्लेखनिय योगदान पुर्याउने बिश्वास दुवै पक्षको  रहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस