व्याडमिन्टन उपाधी तेजेन्द्र र देवीलाई

  • पोखरा न्यूज
  • २०७३ श्रावण ५
Post Thumbnail

पोखरा, ५ साउन –

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३८ औं स्मृती दिवसको उपलक्ष्यमा नेकपा एमाले निकट नेपाल वाणिज्य संघ कास्कीद्वारा आयोजित जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिताको डवल्स तर्फको उपाधी देवी गुरुङ र तेजेन्द्र गुरुङको जोडीले प्राप्त गरेका छन ।

पोखरा रंगशालाको कभर्ड हलमा आयोजित प्रतियोगितामा रविन गुरुङ र खेम केसीको जोडी दोश्रो भएका छन भने बनमाली आचार्य र विकास गुरुङ तथा यदु अधिकारी र शुसिल पौडेलको जोडीले तेश्रो स्थान हासिल गरको संघका सचिव इमान राजपौडेलले जानकारी दिए । प्रतियेगिताको उत्कृष्ट अनुशासित टिम केदार भट्टराई र शुभाष अधिकारीको जोडी घोषित भएका छन भने तेजेन्द्र गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन ।

यस अघि प्रतियोगिताको उद्घाटन नेकपा एमाले स्थायी कमीटी सदस्य शंकर पोखरेलले गरेका थिए । कार्यक्रम संघका अध्यक्ष संजिव कोइरालाको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा डवल्स तर्फ २५ टिमको सहभागिता रहेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस