तीन शीर्ष नेतासँग सभामुखको छलफल सुरु

काठमाडौँ, ६ साउन-

व्यवस्थापिका–संसद्को बैठकलाई अघि बढाउन सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेतासँग पुनः छलफल सुरु गर्नुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संसद्को कार्यसूचीलाई लिएर आज निर्धारित ११ बजेका लागि तोकिएको बैठक सुरु हुन नसकेपछि सहमति जुटाउन सभामुख घर्तीले आजै विहान पनि छलफल गर्नु भएको थियो । उहाँले अहिले संसद् भवन नयाँ बानेश्वरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा -एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा-माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिरहनुभएको छ ।

बैठक विशेष कारण देखाउँदै सूचना टाँस गरी २ बजेका लागि तोकिएको थियो । प्रमुख दलबीच अविश्वासको प्रस्ताव र बजेटसँग सम्बन्धित विधेयक कसलाई अगाडि बढाउने भन्ने विषयमा विवाद चुलिएका कारण बैठक अगाडि बढ्न नसकेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button