काठमाडौँ, ६ साउन-
व्यवस्थापिका–संसद्को बैठकलाई अघि बढाउन सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेतासँग पुनः छलफल सुरु गर्नुभएको छ ।
संसद्को कार्यसूचीलाई लिएर आज निर्धारित ११ बजेका लागि तोकिएको बैठक सुरु हुन नसकेपछि सहमति जुटाउन सभामुख घर्तीले आजै विहान पनि छलफल गर्नु भएको थियो । उहाँले अहिले संसद् भवन नयाँ बानेश्वरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा -एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा-माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिरहनुभएको छ ।
बैठक विशेष कारण देखाउँदै सूचना टाँस गरी २ बजेका लागि तोकिएको थियो । प्रमुख दलबीच अविश्वासको प्रस्ताव र बजेटसँग सम्बन्धित विधेयक कसलाई अगाडि बढाउने भन्ने विषयमा विवाद चुलिएका कारण बैठक अगाडि बढ्न नसकेको हो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution