दाङ, ६ साउन-
जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमही, दाङका इञ्जिनियर रामदुलारी शरण भगत रु एक लाख ५७ हजार घुससहित पक्राउ परेका छन् ।
आज इञ्जिनियर भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरको एक टोलीले रङ्गेहात पक्राउ गरेको हो । गोवरडिहा गाविस– ८ खहरे भालुखोलामा तटबन्धका लागि तारजाली योजनाबापतको रु १७ लाख ९३ हजार ६०० को बजेट करकट्टी गरेर रु एक लाख ५७ हजार घुस बुझ्दै गर्दा उनी अख्तियारको फन्दामा परेका हुन् ।
लमही नगरपालिका– ११ लमहीस्थित डेराबाट अख्तियारको टोलीले इञ्जिनियर भगतलाई पक्राउ गरेको अख्तियारका क्षेत्रीय सूचना अधिकारी चूरामणि पराजुलीले जानकारी दिनुभयो । इञ्जिनियर भगतलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र अनुसन्धान तत्काल सुरु गरिने पराजुलीले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution