काठमाडौँ, ६ साउन-
नेकपा -एमालेले सरकार बचाउन आफ्नो तर्फबाट आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आर्थिक प्रलोभनको प्रस्ताव गरेको भन्ने समाचारको खण्डन गरेको छ ।
एक अनलाइनले सरकारविरुद्धको अविश्वास प्रस्तावमा समर्थन नगरिदिन महासचिव ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यादवलाई रु ५२ करोड प्रस्ताव गरेको भनेर सम्प्रेषण गरेको समाचार कपोलकल्पित भएको एमालेले जनाएको छ ।
एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज एक विज्ञप्ति प्रकाशन गरी सरकारको बचाउका निम्ति आर्थिक त परै जाओस्, सो दलसँग राजनीतिक सहयोगको कुरासमेत नभएको स्पष्ट पार्नुभएको छ ।
‘‘मधेसी मोर्चा वा सङ्घीय गठबन्धनसँग संविधानकै कार्यान्वयनका प्रश्नमा अनेकन असमझदारी छन्, ती असमझदारी कायम राखेर सरकार बनाउने वा टिकाउने कार्यमा ती दलहरुलाई सामेल गर्ने कुरा सम्भव छैन’’ – विज्ञप्तिमा भनिएको छ।
उहाँले आफ्नो पेसागत जिम्मेवारीबोध गर्न र तथ्यहीन समाचार सम्प्रेषण नगर्नसमेत सबै सञ्चारमाध्यमसँग अनुरोध गर्नुभएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution