बर्दिवास, ६ साउन-
नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधान घोषणा नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक फड्को भएको बताउनुभएको छ ।
महोत्तरीको बर्दिबासमा आज पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै डा भट्टराईले राजनीतिक अधिकार प्राप्तिका बाँकी कुरा यसै संविधानबाट सम्भव भएको बताउनुभयो ।
संविधानले परम्परागत संसदीय पद्धति अँगालेकाले सरकार बनाउने र ढाल्ने कुरा गरिरहेर स्थिर सरकार भने चल्न नदिइएको उहाँको भनाइ छ । यसलाई सच्याउन संसद्लाई समानुपातिक प्रतिनिधित्वको बनाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था संविधान संशोधन गर्न सके संविधान विश्वकै उत्कृष्ट बन्ने डा भट्टराईले जिकिर गर्नुभयो ।
संविधान निर्माण र घोषणा लोकतान्त्रिक विधिबाट हुँदाहुँदै पनि यसले मधेस र आदिवासी जनजातिका माग समेट्न नसक्दा अपूर्ण भएको बताउँदै यसको सम्बोधन पनि संशोधनबाटै सम्भव रहेको उहाँले औँल्याउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution