भक्तपुर, ६ साउन-
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नयाँ सरकार गठनमा कुनै अन्योल र द्विविधा नरहेको बताउनुभको छ ।
काँग्रेस भक्तपुरद्वारा आज यहाँ ३४ औँ बिपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेकपा एमालेले भनेजस्तो नयाँ सरकार गठनका लागि संविधानमा कुनै अन्योल र द्विविधा नभएको जिकिर गर्नुभयो ।
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेका अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर संवैधानिक मार्गप्रशस्त गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ लगायतले बिपीका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution