नयाँ सरकार गठनमा अन्योल छैन-लेखक

भक्तपुर, ६ साउन-

नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नयाँ सरकार गठनमा कुनै अन्योल र द्विविधा नरहेको बताउनुभको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

काँग्रेस भक्तपुरद्वारा आज यहाँ ३४ औँ बिपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेकपा एमालेले भनेजस्तो नयाँ सरकार गठनका लागि संविधानमा कुनै अन्योल र द्विविधा नभएको जिकिर गर्नुभयो ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेका अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर संवैधानिक मार्गप्रशस्त गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ लगायतले बिपीका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button