सत्ता लम्ब्याउन एमाले संविधानमा छिद्र खोज्दैछ- आचार्य

  • पोखरा न्यूज
  • २०७३ श्रावण ६
Post Thumbnail

काठमाडौँ, ६ साउन-

नेपाली काँग्रेसका नेता महेश आचार्यले नेकपा (एमाले)ले सत्ता लम्ब्याउन संविधानमा छिद्र खोजीरहेको बताउनुभएको छ ।

नेपाल टेलिकम वकर्स युनियनको रजत वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा काँग्रेस नेता आचार्यले संविधानमा सबै कुरा लेखेर सम्भव नहुने भएकाले सामान्य भावनालाई आधार बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “कुनै पनि संविधानमा कमजोरी र छिद्र खोज्ने कुरा राम्रो नियतले हँुदैन, त्यस्तै नियत अहिलेको सत्तापक्षले गरिरहेको छ ।” सत्ताको प्रयोग कपट गरेर गर्न नहुने आरोप लगाउँदै उहाँले अस्वभाविक जिद्धी नगर्न आग्रह गर्नुभयो । उहाँले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सम्बन्धित मन्त्रीको हस्तक्षेप रोक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काँग्रेसका सांसद पुस्कर आचार्य, टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल लगायतले बोल्दै सूचना र प्रविधिको तीव्र परिवर्तनलाई आत्मसात् गर्नसक्नु नै मुख्य चुनौती रहेको बताउनुभएको थियो । कार्यक्रममा युनियनका पूर्वकेन्द्रीय अध्यक्षलाई सम्मानसमेत गरिएको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस