काठमाडौँ, ६ साउन-
नेकपा -माओवादी केन्द्रको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग वाइसिएल ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाएको छ ।
अनशनस्थल पुगेर वाइसिएलले विगतमा सरकार र डा केसीबीच भएको सहमति कार्यान्वयन गर्न र उहाँले उठाउँदै आउनुभएको माग सम्बोधन गर्न माग गरेको छ ।
वाइसिएलका महासचिव रामप्रसाद सापकोटाले डा केसीले उठाउनुभएको माग नेपालको चिकित्सा क्षेत्र सुधारका लागि महत्वपूूर्ण र दीर्घकालीन हितका लागि नै भएकाले आफूहरुले ऐक्यबद्धता जनाएको बताउनुभयो ।
चिकित्सा क्षेत्रमा देखिएको बेथिती अन्त्य गर्न सबैको सार्थक र सकारात्मक पहल हुनुपर्नेमा जोड दिँदै वाइसिएलले नागरिकको मागलाई उचित तवरले सम्बोधन नगरिए त्यसबाट उत्पन्न हुने परिणाम गलत हुनेसमेत जनाएको छ । वाइसिएलले चिकित्सा क्षेत्र सुधारका लागि दबाब दिने जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution