बिपीको विचारमा काँग्रेस हिँड्न छाड्यो- खड्का

काठमाडौँ, ६ साउन-

नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटामा काँग्रेस नहिँडेको बताउनुभएको छ ।

स्ववियु शङ्करदेव क्याम्पसले ३४ औँ बिपी स्मृति दिवसका अवसरमा यहाँ आज आयोजित ‘राष्ट्रिय राजनीतिः बिपी विचार र विद्यार्थीको भूमिका’ विषयको विचार गोष्ठीमा उहाँले बिपीका विचार पार्टीमा लागू हुन छाडेको विचार व्यक्त गर्दै पार्टीलाई साँच्चिकै जनताको पार्टी बनाउन बिपीका विचार आत्मसात् गर्नुपर्छ भन्नुभयो ।

“काँग्रेस सत्तामा जान हतारिन्छ । आफ्नो भ्रातृ सङ्गठन चलायमान गराउन सकेको छैन” उहाँले थप्नुभयो, “ लामो समयमा बित्दा पनि नेविसङ्घ, नेपाल तरुण दल र नेपाल महिला सङ्घको महाधिवेशन गर्न सकेको छैन ।”

स्ववियुका निवर्तमान सभापति शुभराम बस्नेतका अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार पुरुषोत्तम दाहाल, नेविसङ्घका उपाध्यक्ष ऐन महर, केन्द्रीय सदस्य कृष्णकुमारी बस्नेत लगायतले बिपीको विचारलाई काँग्रेसले आत्मसात् गदै लैजानुपर्नेमा जोड दिनुभयो ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button