पानी उमालेर मात्र पिउनुपर्ने

काठमाडौँ, ७ साउन –

लगातार वर्षात् हँुदा काठमाडौँका खानेपानीका मुहान प्रदूषित हुने भएकाले पानी उमालेर मात्र प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

केही दिन अघि काठमाडौँको दक्षिणकाली नगरपालिका–१ मा सप्लाइको पानी पिएपछि १५० जना मानिस एकै पटक बिरामी भएका थिए ।

एकै समयमा यति बिरामी भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पाटन एकेडेमी अफ साइन्स, विश्व स्वास्थ्य सङ्गठनको आइपिडी टोली र चाल्नाखेल स्वास्थ्य चौकीबाट गएको टोलीले तीन जनामा टाइफाइड भएको पुष्टि गरेको छ ।

टोलीले त्यहाँ पुगेर पानीको परीक्षण गर्दा पानीमा हैजा र टाइफाइडका ब्याक्टेरिया भएको भन्दै पानी उमालेर मात्रा पिउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशमलाल लामिछानेले वर्षात्मा मूलको पानीमा विभिन्न पानीजन्य रोगको सम्भावना बढी हुने भएकाले सबैलाई पानी उमालेर क्लोरिनको झोल वा चक्की हालेर शुद्ध बनाई पिउन आग्रह गर्नुभयो ।

विशेषज्ञसहित गएको टोलीले त्यहाँका जनतालाई पानी शुद्धीकरणका लागि १८ हजार क्लोरिन चक्की वितरण गरेको पनि लामिछानेले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button