डोल्पा (दुनै), ७ साउन –
वर्षा ऋतुको सुरुवात भएसँगै डोल्पामा यातायातको मुख्य साधनको रुपमा रहेको जुफाल विमानस्थल पाँच दिनदेखि बन्द छ ।
यता वर्षा सिजन सुरु भएसँगै बाटो अवरुद्ध भएकाले दैनिक उपभोग्य वस्तु ढुवानीको एकमात्र माध्यम खच्चड पनि नियमित आउन छाडेका छन् ।
यसले गर्दा डोल्पामा प्राकृतिक नाकाबन्दीको अवस्था सिर्जना भएको छ । मौसम खराबीका कारण जुफाल विमानस्थल बन्द भएपछि खाद्यवस्तु पनि आउन छाडेको छ भने खच्चडबाट पनि सामान ढुवानीमा कमी आएको व्यापारीले बताएका छन् ।
यसले गर्दा चामल, तेल, चिनीलगायतका खाद्यवस्तुको अभाव भएको छ भने सामानको मूल्य पनि व्यापारीले बढाएको सर्वसाधारणले बताएका छन् ।
व्यापारीले भएका सामानको पनि कृत्रिम अभाव सिर्जना गरेपछि सर्वसाधारण मारमा परेका छन् । डोल्पाको त्रिपुराकोट, भित्ती, खदाङ, दुनैलगायतका बजारमा उपभोग्य सामग्रीको अभाव भएको छ ।
डोल्पामा सामान ढुवानीको माध्यमको रुपमा हवाईजहाज र खच्चड रहेकाले यी माध्यम बन्द भएपछि डोल्पामा अभाव सिर्जन भएको स्थानीय पूर्णकेशर न्यौपानेले बताउनुभयो ।
डोल्पामा गाडी पुगेको भए सामान ढुवानीदेखि एक ठाउँबाट अर्को ठाउँमा जान समेत सहज हुने थियो न्यौपानेले भन्नुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution