खोटाङ, ७ साउन –
साथी–साथीबीचको आपसी झगडामा गम्भीर घाइते बनेका बुइपा–६ का २७ वर्षीय मनिकुमार राईको उपचारको क्रममा मृत्यु भएको छ ।
नुनथला–१ का ३३ वर्षीय भक्तबहादुर राईसँग झगडा हुँदा गम्भीर घाइते बनेका राईको बिहीबार साँझ उपचारको क्रममा मृत्यु भएको हो । साउन ५ गते बुधबार साँझ नुनथलामै भएको झगडामा गम्भीर घाइते बनेका राईको भक्तबहादुरकै घरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।
झगडामा गम्भीर घाइते बनेका राईलाई स्वास्थ्य संस्थामा नलगी घरैमा उपचार गराएकाले मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । मनिकुमारको मृत्यु भएलगत्तै झगडामा संलग्न भक्तबहादुरलाई बिहीबारै प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुबीच सँगै बसेर मादकपदार्थ सेवन गर्दागर्दै झगडा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
झगडाका क्रममा भक्तबहादुरले मनिकुमारलाई दाउराको चिर्पटले प्रहार गरेको प्रहरीले जनाएको छ । मृतक मनिकुमारको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याउने तयारी गरिएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution