पत्नि हत्या आरोपमा पक्राउ कार्कीलाई कारबाहीको माग

भक्तपुर, ७ साउन –

भक्तपुरको सल्लाघारीस्थित घरमा आफ्नै २३ वर्षीया श्रीमती दीपा कार्कीको टाउकोमा हम्मरले हानेर हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय विजय कार्कीलाई सर्वस्वसहित जन्मकैदको माग गर्दै आफन्तले प्रहरी वृत्त जगाते घेराउ गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भक्तपुरको छालिङमा पुरानो घर भई हाल सूर्यविनायक नगरपालिका–४ सल्लाघारीस्थित आफ्नै घरमा बस्दै आएका कार्कीले प्रेम विवाह गरेकी श्रीमती कार्कीको गत असार २९ गते दिउँसो हत्या गरी फरार हुँदै गरेको अवस्थामा प्रहरीले एयरपोर्टबाट नियन्त्रणमा लिएको थियो ।

मृतक कार्कीको माइती पक्ष र आफन्तले हत्या अभियुक्त कार्कीलाई कडा कारबाही नगरी प्रहरीले मुद्दा फितलो बनाउन लागेको आरोप लगाउँदै बिहीबार साँझसम्म कडा कारबाहीको माग गर्दै रयालीसहित प्रहरी वृत्त घेराउ गरेका हुन् ।

मृतक कार्कीका बाबु रामप्रसाद ढकालले छोरी दीपाको हत्या भएकै दिन प्रमाणसहित प्रहरीले विजयलाई पक्राउ गरेपनि मुद्दा फितलो बनाएर उन्मुक्ति दिने प्रयास गरेको आरोप लगाउँदै रयाली र घेराउ गरेको बताउनुभयो ।

मृतकका आफन्त कृष्ण वाइवाले हत्या भएको पुष्टि हुँदा पनि प्रहरीले कडा कारबाहीको माग नगरेको आरोप लगाउँदै कार्कीलाई कडा कारबाही नभएसम्म न्यायको मागसहित आन्दोलन जारी राख्ने बताउनुभयो ।

सयौँको सङ्ख्यामा पीडित पक्षले भक्तपुरको सिर्जनानगरदेखि जगाते प्रहरी वृत्तसम्म हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध रयाली प्रदर्शन गरी प्रहरी वृत्तमा पुगेर धर्ना दिएका थिए ।

महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले भने घटनाको छानबिन भइरहेको बताउँदै प्रहरीको अनुसन्धानमा विजयले नै हत्या गरेको खुलेकाले कारबाही प्रक्रिया अगाडि बढाएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button