भारी वर्षाको कारण  परासी डुवानमा – स्थानिय त्रसित

  • पोखरा न्यूज
  • २०७३ श्रावण ७
भारी वर्षाको कारण  परासी डुवानमा – स्थानिय त्रसित

पोखरान्युजडटकम ,७ साउन –

भारी वर्षाको कारण  नवलपरासीको सदरमुकाम परासी र आसपासको  क्षेत्र डुवानमा परेको छ । वर्षाका कारण खोलामा आएको वाढि बस्तीमा पसेको छ भने सडकमा बगेको पानी सडक छेउको नालिले थेग्न नसक्दा  सवारी आवागमनमा समेत कठिनाई  परेको छ ।

parasi dubanma 2

गएराति देखि परेको वर्षाका कारण स्थानीय झरही नदी र रामखण्डा नदीमा आएको बाढीले सदरमुकाम परासी बजार पुरै जलमग्न भएको छ । सदरमुकामका  सरकारी कार्यालय  तथा घरहरुमा पानी पसेको र प्रत्येक घरको पहिलो तल्लामा  पानी भरिएको स्थानीय सदन पौडेलले  पोखरान्युजडटकम लाइ बताए   । उनका अनुसार बस्तीमा  बाढी पसेपछि केहि स्थानीयवासी घर छोडेर हिँडन थालेका छन भने कोहि घरको माथिल्लो तलामा  गएर वस्न थालेका छन । पानीका कारण पहिलो तलामा रहेका सरसामानहरु पुरै डुबेका  छन । बस्तीमा पानीको सतह बढ्न  थाले पपछि स्थानिय झनै त्रसित वनेका छन् ।

parasi dubanma 3

जिल्ला प्रशासन कार्यालय संचारमाध्यममा सूचना प्रशारण गरेर सर्तक रहन आब्हान समेत गरेको छ भने आपतकालिन उद्दारका सेना, नेपाल प्रहरी र शसस्त्रको टोली परिचालन गरिसकिएको जानकारी दिइएको छ ।

यद्यपी अहिले पनि भारी बर्षात भइरहेकोले  र सडक समेत पुरै जलमग्न भएकाले उद्दारटोलीलाइ कठिनाइ परेको  बताइएको छ ।

फोटो –  सदन  पौडेल 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस