धर्म परिवर्तन गराउन खोज्ने जेल चलान

ललितपुर, ७ साउन –

मानव ओसारपसार गरी धर्म परिवर्तन गराउन खोज्ने चिनिमाया तामाङलाई जिल्ला अदालत ललितपुरले बिहीबार पूर्पक्षका लागि जेल चलान गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

धनकुटा जिल्ला धनकुटा नगरपालिका–४ बस्ने तामाङले विगत पाँच वर्षदेखि सम्बधित निकायबाट संस्था नवीकरण नगराइ आफ्नै घर कोठाबाट अवैध रुपमा माया अनाथ आश्रम सञ्चालन गर्दै आएको भेटिएको महानरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

निज तामाङले शङ्खमुलस्थित हरिबहादुर तामाङले सञ्चालन गर्दै आएको जेरुसेलम एन्टिवन चर्चमा बालबालिकालाई राखेर मानव ओसारपसार तथा जबर्जस्ती धर्म परिवर्तन गराउँदै आएको सूचनाको आधारमा प्रहरीले असार १० गते रङ्गेहात पक्राउ गरिएको जनाएको छ ।

प्रहरी र जिल्ला बालकल्याण समिति समेतको संयुक्त टोलीले उक्त चर्चवाट १४ जना बालबालिकालाई उद्धार गरिएको प्रहरीले बताएको छ । उक्त कार्यमा संलग्न तामाङद्वयलाई मानव ओसारपसार र धर्म परिवर्तन उद्योग मुद्दा अन्तर्गत अदालतले चिनिमायालाई जेल चलान गरिएको जनाएको छ ।

चर्चका सञ्चालक हरिबहादुर तामाङलाई नगद रु पचास हजार धरौटी माग गरिएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button