काठमाडौँमा परकम्प

  • पोखरा न्यूज
  • २०७३ श्रावण ७
Post Thumbnail

काठमाडौँ, ७ साउन –

काठमाडौँको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गोरखा भूकम्पको परकम्प गएको छ ।

दिउँसो २ बजेर ४० मिनेट जाँदा ३।७ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।

अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४६५ परकम्प गएको केन्द्रले जनाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस